२९ बैशाख २०८१, शनिबार

चीनकाे विपतमा नेपाले देखाएकाे सद्भाव सराहनीयः चिनीयाँ राजदुत यान्छी

प्रकाशित मिति :  12 February, 2020 9:18 pm


काठमाडाैं, २९ माघ । 

काेराेना भाइरसका कारण चीनले व्यहाेरिरहेकाे विपत्तिमा नेपालले देखाएकाे सद्भावकाे नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खुलेर प्रशंसा गर्नु भएकाे छ ।

कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चिनलाई सफलता हामी साथमा छौ भनेर साथ दिन ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको ‘हामी साथमा छौ’ कार्यक्रममा नेपाल र नेपालीले देखाएकाे अात्मीयताकाे प्रशंसा गर्नु भएकाे हाे ।

छीले नेपाल र चीन छिमेकी मात्र नभएर दाजुभाइ भएको र असल मित्रकाे रूपमा सहयाेग र साथ रहने बताउनु भयाे ।  उहाँले चिन सरकारले काेराेना नियन्त्रण गर्न महत्वपुर्ण कदम चालेको बताउदै महामारी रोकथाम गर्न निरन्तररुपमा लागेको बताउनुभयो । महामारी रोकथाम गर्न उच्चतहको सतर्कता अपनाइएको भन्दै उहाँले सिमापार संक्रमन फैलावट नियन्त्रणमा विशाल जिम्मेवार राज्यका रुपमा काम गरिरहेकाे र छिटै महामारी नियन्त्रणमा ल्याइने बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोरोना भाइसर नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताका बारेमा विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताउनुभएको छ । ”चीनले कोरोना भाइरसलाई जित्दैछ, नियन्त्रणमा ल्याउन निरन्तर लागिरहेको छ,” उहाँले भन्नुभयाे, ”यो सन्देशलाई विश्व समुदायमाझ फैलाउन हामी लाग्छौ।” चिन, नेपाल छिमेकी मात्र नभएर असल छिमेकीमा रुपमा स्थापित भइसकेको उहाँको भनाइ थियो ।

पालमा भूकम्प आउदा होस वा अन्य विभिन्न समयमा चीन सधै नेपालको साथ रहदै आएको भन्दै नेपाल र चिनको सम्बन्ध कहिल्यै नटुट्ने स्थानमा रहेको उहाँको भनाइ थियो । चीन अहिले महामारीसँग लड्दै आएको र यसलाई छिट्टै जित्ने मन्त्री अर्यालले बताउनुभयो ।

चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै उहाँले चिनमा रहेका विद्यार्थी नेपाल ल्याउन नेपाल सरकार तयार रहेको र छिट्टै ल्याउने बताउनुभयो । मानिसहरुमा आत्मबल बृद्धि हुनेगरी समाचार सम्प्रेषण गर्ने कार्यको अन्त्य गरिनुपर्ने बताउनुभयो ।

मन्त्री अर्याल र राजदूत यान्छीले चीनको उहान शहरमा कोरोना भाइरसका कारण ज्यान गुमाएका व्यक्तिको सम्झनामा काठमाडौँमा बुधबार दीप प्रज्वलन



प्रतिक्रिया दिनुहोस !