२१ बैशाख २०८१, शुक्रबार

अमेरिकी दुतावास अगाडी एमसीसीको विरोधमा प्रर्दशन गर्ने प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  6 September, 2021 2:54 pm


काठमाडौं । एमसीसीको विरोधमा अमेरिकी दुतावास अगाडी प्रर्दशन गरेका अखिल क्रान्तिकारीका नेता तथा कार्यक्रतालाई प्रहरी पक्राउ गरेको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई एमसीसी सझौता खारेज गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले दुतावास अगाडि ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्दै चर्को नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अखिल (क्रान्तिकारी)ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !