५ जेष्ठ २०८१, शनिबार

टेलिकमको ६ महिनाको नाफा ४ अर्ब ९३ करोड रुपैयाँ

प्रकाशित मिति :  13 February, 2020 9:54 am


 

काठमाडाैं, १ फागुन। आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासिक अवधिसम्म नेपाल टेलिकमले ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १ करोड ५५ लाख रुपैयाँले अर्थात ०.३१ प्रतिशतले घटेको हो । टेलिकमले अघिल्लो वर्षको पुससम्ममा ४ अर्ब ९५ करोड ४६ लाख नाफा गरेको थियो ।

कम्पनीको सेवा बिक्री बापतको मुख्य आम्दानी घटेको छ । यस अवधिमा कम्पनीले १८ अर्ब ३ करोड ९५ लाख सेवा बिक्री वापत आम्दानी गरेको छ । अघिल्लो पुससम्म यस्तो आम्दानी १८ अर्ब ४४ करोड ४१ लाख थियो । सेवा बिक्रीको वापतको आम्दानीमा ४१ करोड बढीले गिरावट आएको हो । कम्पनीले अन्य स्रोतबाट ३ अर्ब ८८ करोड आम्दानी गरेको छ ।

कम्पनीको कर्मचारी खर्च बढेको छ भने संचालन खर्चमा कटौति गरेको छ। प्रोमोशनल खर्च पनि घट्दै गएको छ । कम्पनीले रिचार्ज कार्डमा ६३ करोड ६० लाख डिस्काउन्ट दिएको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात ९.७९ गुणा छ भने नेट वर्थ ५९५.७५ रुपैयाँ छ । कम्पनीको ईपीएस ६५.८६ रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३६ करोड जम्मा भएको छ ।



प्रतिक्रिया दिनुहोस !