२२ बैशाख २०८१, शनिबार

प्रेम दिवसका लागि एक कराेडकाे गुलाव आयात

प्रकाशित मिति :  13 February, 2020 1:43 pm


काठमाडौ,१ फागुन । 

नेपाल फ्लोरिकल्चर एसोसिएशनले प्रणय दिवसमा झण्डै १ करोडभन्दा बढी रुपैयाँको गुलाफको फूल आयात गरिएको जनाएको छ । नेपाली उत्पादनमा कमी तथा बजारको बढ्दो माग भएका कारण भारतबाट यस वर्ष डेढ लाख स्टिम गुलाफको फूल आयात भएको जनाएको हो ।

‘भ्यालेन्टाइनको समयमा बजारमा वर्षेनी २ लाख स्टिम गुलाफको माग हुने गरेको छ ।’, फ्लोरिकल्चर एसोसिएशन नेपालका बरिष्ठ अध्यक्ष कुमार कसजुका अनुसार ‘काठमाडौं उपत्यकामा मात्र १ लाख ४० हजार गुलाफको फुल खपत हुन्छ भने, उपत्यका बाहिर झण्डै ६० हजारको हाराहारीमा खपत हुन्छ ।

माग धेरै भएपनि नेपालको आफ्नै उत्पादनले भने माग थेग्न सक्दैन ।त्यसैले प्रत्येक बर्ष आयात गर्नु पर्ने अवस्था छ । गत बर्षको तुलनामा आयातमा मंहगो पनि पर्न गएको छ ।

नेपालमा बार्षिक २० करोड रुपैयाँ बराबरको गुलाफको फूलको कारोबार हुने गरेको छ । प्रेम दिवसकै लागी भने २ करोड रुपैयाँको कारोबार हुने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !