४ जेष्ठ २०८१, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी-वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानद्वारा उम्मेद्वारी घोषणा

प्रकाशित मिति :  13 February, 2020 5:41 pm


मोरङ, १ फागुन । 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घाेषणा गरेका छन्।

महासंघको जिल्लागत उपाध्यक्ष रहेका प्रधानले पूर्व अध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका, हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सहितको साथ लिएर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उनले मंगलबार विराटनगरमा एक कार्यक्रममको आयोजना नै गरेर उम्मेदवारी घोषणा गरेका हुन्। चैत २८ गते महासंघको महाधिवेशनको हुँदै छ।

प्रधानको सामा वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्लागत उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । अटो व्यवसायी अन्जन श्रेष्ठ नाडाको अध्यक्ष भैसकका छन्।

चन्द्रप्रसाद ढकालले समेत वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरिसकेको छन्। उनले आफ्नो गृह जिल्ला बाग्लुङबाट उम्मेदवारी घोषणा गरेका थिए।

त्यस्तै प्रधानले पनि आफ्नो गृह जिल्ला मोरङबाटै उम्मेदवारी घाेषणा गरेका हुन्। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था छ। साेही व्यवस्था अनुसार शेखर गोल्छा अध्यक्ष बन्दै छन्।



प्रतिक्रिया दिनुहोस !