२० बैशाख २०८१, बिहिबार

रोल्पामा लगानी सम्मेलनको तयारी, नगरप्रमुख के.सी.को संयोजकत्वमा मूल आयोजक समारोह समिति गठन

प्रकाशित मिति :  14 February, 2020 8:59 pm


रोल्पा, २ फागुन।

रोल्पामा लगानी सम्मेलन हुने भएको छ ।

फागुन १४ देखि १५ गते हुने सम्मेलनको तयारी सुरु भएको छ । सम्मेलनको तयारी का लागि शुक्रबार छलफल भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सहित जिल्लाका राजनैतिक दलहरु , उद्योग बाणिज्य संघ सहितका छाता संगठनहरुका प्रमुख /प्रतिनिधिहरुको बैठकले रोल्पा नगरपालिका प्रमुख पूर्ण के.सी.को संयोजकत्वमा लगानी सम्मेलन मूल आयोजक समारोह समिति गठन गरेको छ । समितिलाई तयारीलाई तिब्र बनाउन जिम्मेवारी दिईएको छ ।

सम्मेलनको समन्वय जिल्ला समन्वय समिति रोल्पाले गर्ने छ भने रोल्पा नगरपालिका अायोजक तथा उद्योग वाणिज्य संघ रोल्पा सह-अायोजक रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !