२२ मंसिर २०८२, सोमबार

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रण गर्न मुख्यमन्त्री केसीको निर्देशन

थप स्वास्थ्यकर्मी परिचालन
प्रकाशित मिति :  5 October, 2021 8:52 pm


फाइल फोटो

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको महामारीलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

झाडा पखालाका कारण ३ जनाको ज्यान गइसकेको छ भने झण्डै २ सय जना बिरामी परेका छन् । मुख्यमन्त्री केसीले स्वास्थ्य मन्त्रालायलाई लगातार रुपमा फैलिएको झाडापखाला जोखिमपूर्ण देखिएको भन्दै तत्कालन नियन्त्रण गर्ने प्रदेशको स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।

कृष्णनगर नगरपालिकाको बहादुरगञ्जका आसपासका देवानगीया, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा रातिदेखि नै हैजाका कारण बिरामी भएका छन् ।

महामारीको जानकारी पाउने बित्तिकै स्वास्थ्य मन्त्रालयका सविच डा. विकास देवकोटालाई रोकथामका लागि मुख्यमन्त्री केसीले निर्देशन दिएका हुन् । त्यस क्षेत्रको रोगको पहिचान, उपचारका लागि कुनै पनि कमी हुन नदिन मुख्यमन्त्री केसीको निर्देशन रहेको मुख्यमन्त्रीका प्रेस संल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए ।

स्वाथ्य मन्त्रालयका सचिव देवकोटाले प्रदेश मन्त्रालयले रुपेन्देही र कपिलवस्तुबाट स्वास्थ्यकर्मी परिचालन गरेको बताए । उनले स्वास्थ्य सामाग्रीसहित आवश्यक जनशक्ति पठाई सकेको बताएका छन् ।

सचिव देवकोटाले गम्भीर विरामीहरूलाई लुम्बिनी प्रादेशिक र कपिलवस्तु अस्पतालमा उपचार भईरहेको समेत जानकारी दिएका छन् । पानीका कारणले हैजा भएको हुन सक्ने भन्दै सचिव देवकोटाले पानीको जाँच गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !