१२ श्रावण २०८१, शनिबार

सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबलाई

प्रकाशित मिति :  15 February, 2020 5:16 pm


काठमाडौं, ३ फागुन। सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले उचालेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले १-० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि उचालेको हो।

मछिन्द्रको यो पहिलो सहिद स्मारक ए डिभिजन लिगको उपाधि हो । यसअघि २०६३ सालमा आर्मी लिगको दोस्रो स्थानसम्म पुगेको थियो । यसपटक उपाधि हात पार्ने सपना बोकेको अार्मी निराश बनेको छ । खेलमा मछिन्द्र क्लबले आर्मी विरुद्ध खेलको पहिलो हाफमै अग्रता बनाएको थियो ।
मछिन्द्रले आर्मीका विकास तामाङको आत्मघाती गोलमा अग्रता बनाएको हो । खेलको ३४ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउन खोज्दा विकासको हेड बल गोल हुन पुगेको थियो। त्यै गोल नै मछिन्द्रका लागि उपाधि चुम्ने माध्याम बन्यो ।



प्रतिक्रिया दिनुहोस !