१२ श्रावण २०८१, शनिबार

६ निर्माण कम्पनी कालो सूचिमा

प्रकाशित मिति :  17 February, 2020 11:32 am


काठमाडौं, ५ फागुन। सरकारले समयमै काम नसक्ने ६ निर्माण कम्पनीलाई कालो सूचिमा राखेको ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक सूचना जारी गरेर पप्पु कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनीलाई कालो सूचिमा राखेको हो। पप्पु कन्स्ट्रक्सनलाई ३ वर्षसम्म र अन्यलाई १ बर्षका लागि कालोसूचिमा परेका छन्।

सबै कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा(१) बमोजिम कालो सूचिमा राखेको हो।

कालोसूचिमा परेका उनीहरूले अबदेखि तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन्।

पप्पु कन्स्ट्रक्सनसँगै कालोसूचिमा परेका अन्य ६ कम्पनीहरूमा निशा सप्लायर्स-हेटौंडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि(काठमाडौं), बारा कन्स्ट्रक्सन(काठमाडौं), एच.बि. केसी निर्माण सेवा(सिन्धुपाल्चोक) तथा श्रीदेव सप्लायर्स(काठमाडौं) रहेका छन्।



प्रतिक्रिया दिनुहोस !