४ जेष्ठ २०८१, शुक्रबार

डिजेल र पेट्रोलको मूल्य घट्यो

प्रकाशित मिति :  17 February, 2020 6:59 pm


काठमाडौं, ५ फागुन। नेपाल आयल निगमले सोमबार राती १२ बजेबाट लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य घटाएको छ । डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । नेपाल आयल निगमका अनुसार खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !