७ बैशाख २०८१, शुक्रबार

लक्ष्मी पुजाका दिन २५ ठाउँमा आगलागी

प्रकाशित मिति :  5 November, 2021 3:36 pm


काठमाडौं । लक्ष्मी पुजाका दिन दीपावली गरेर राम्रोसँग ख्याल नगर्दा देशका २५ ठाउँमा आगलागी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, सोलुखुम्बु,  सप्तरी, सिरहा,धनुषा, मकवानपुर, काठमाडौं, भक्तपुर,बझाङ, लमजुङ, बाजुरा र अछामका विभिन्न स्थानमा आगलागी भएको हो ।

काठमाडौंको अनामनगरस्थित एउटा घरमा सञ्चालित फर्निचर शोरुम र कस्मेटिक पसलमा लक्ष्मी पुजा गरेको दियोबाट आगो सल्किँदा ५६ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

यसैगरि, सर्लाहीको ईश्वरपुर-७ स्थित ब्रम्हबाबा चोकमा रहेको ट्रयाक्टर शोरुममा लक्ष्मी पुजा गरेको दियोबाट आगो सल्किँदा ५५ लाख रुपैयाँबराबरको क्षति भएको छ भने सिरहाको धनगढीस्थित आधारभूत विद्यालयमा पनि लक्ष्मी पुजा गरेको मैनबत्तीबाट आगो सल्किँदा ३ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

प्राधिकरणका अनुसार इलामको देउमाइ-२ महवीरस्थित एक घरमा आगलागी हुँदा त्यहाँ रहेको दूध डेरी, किराना पसल र घरसमेत नष्ट  हुँदा करिब ६१ लाख ५ हजार रूपैयाँबराबरको क्षति भएको छ ।

यसैगरि, उदयपुरको गाईघाट बजारस्थित एक रिकन्डिसन हाउसमा आगलागी हुँदा त्यहाँ रहेका करिब ३२ वटा मोटरसाइकलसमेत जली करिब ४० लाख रुपैयाँको क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ  । राससले भने उक्त आगलागीमा डेढ करोड रुपैयाँको क्षति भएको जनाएको छ ।

यी आगलागीहरूमा परि ८ जना घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !