२० बैशाख २०८१, बिहिबार

मुख्यमन्त्री केसीद्वारा सीता महरा स्मृति पार्कको उद्घाटन

प्रकाशित मिति :  5 November, 2021 7:17 pm


उमा केसी –

लिवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले रोल्पा नगरपालिका १ अन्तर्गतको मेहवाङस्थित सीता महरा स्मृति पार्कको उद्घाटन गरेका छन्।

पूर्व सभामुख कृष्ण बहादुर महराकी धर्मपत्नी सीता महराको स्मृतिमा बनाइएको पार्कको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन तथा श्रद्धाञ्जलीसभा गरिएको हो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले बालबच्चा बोकेर युद्धमा लागेकी स्वर्गीय महराको राजनैतिक तथा व्यक्तिगत जीवनको चर्चा गर्दै उदाहरणीय व्यक्तिकोको रुपमा स्मरण गरे।

कार्यक्रममा फाउन्डेसनका संरक्षक कृष्ण बहादुर महराले स्वर्गीय सीता महराको तस्बिर अनावरण गरे । पार्क महराकाे निवाससँगै जाेडिएकाे।

पार्कको निर्माण संघीय सरकारको सहयोगमा सीता महरा स्मृति फाउन्डेशनले गरेको हो । फाउन्डेसनकी अध्यक्ष छोरी तेजकुमारी महरा रहेकी छिन्।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन सिजल, नेता झक्कु प्रसाद सुवेदी, रोल्पा नगरपालिकाका प्रमुख पुरण केसी, उप–प्रमुख मन कुमारी घर्ति, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा लगायत पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

 



प्रतिक्रिया दिनुहोस !