२० मंसिर २०७९, मंगलबार

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मागे विश्वासको मत

प्रकाशित मिति :  8 November, 2021 4:41 pm


काठमाण्डौं ।  बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् । नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज विश्वासको मत लिन लागेका हुन् ।

पाण्डेले प्रदेशसभामा रहेका सबै दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई विश्वासको मत दिन आग्रह गरे ।

मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँदै वागमती प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

पाण्डे गत कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !