१९ मंसिर २०७९, सोमबार

बुटवलको मोतिपुर घटनाका मृतक परिवारलाई राहत दिने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  9 November, 2021 5:12 pm


काठमाडौं । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो ।

बैठकले पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गत २४ असोज एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।

सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।



प्रतिक्रिया दिनुहोस !