२४ बैशाख २०८१, सोमबार

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल कुमार उपाध्याय

प्रकाशित मिति :  9 November, 2021 9:01 pm


काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल कुमार उपाध्याय चयन भएका छन् । मंगलबार भएको संघको ३५ औं साधारणसभाले उपाध्यायलाई नयाँ नेतृत्व चुनेको हो ।

उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । भुवन कुमार दाहालको कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि अनिल कुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति बनेको हो ।

संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दिपक कुमार देव, सनराइज बैंकका सुमन शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् ।

यस्तै संघका पुर्व अध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना सल्लाहकार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !