२२ मंसिर २०७९, बिहिबार

यसवर्ष बूढानीलकण्ठमा मेला लाग्ने

प्रकाशित मिति :  10 November, 2021 12:46 pm


काठमाडौं । उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ ।

कात्तिक २७ देखि मङ्सिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि उपसमिति गठन गरिएको बूढानीलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काले बताए ।

शिवपुरी र खप्तड बाबाले तप गरेको पावन शिवपुरी पर्वत शृङ्खलाको काखमा रहेको पवित्र बूढानीलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको सो मेला कोरोना महामारीको कारण रोकिएको थियो ।

खड्काले भने,“हामीले मेलाको लागि सबै प्रकारको तयारी गर्न समितिमार्फत सम्पूर्णकार्य अगाडि बढाइसकेका छौ ।” रासस



प्रतिक्रिया दिनुहोस !