२२ मंसिर २०७९, बिहिबार

सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते

प्रकाशित मिति :  11 November, 2021 1:20 pm


काठमाडौ । सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

सर्वोच्च अदालत परिषरमा प्रहरी र वकिलबीच झडप हुँदा ६ जना घाइते भएका छन् । प्रधानन्याधीश चोलेन्द्र शमसेर जबराको राजिनामाको माग गर्दै सर्वोच्च अदालत परिषद्मा नेपाल बार एसोशिएसनका वकिल र प्रहरी बीच झडप भएको हो ।

नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बार एशोसिएनका एक पदाधिकारीले बताए ।

“मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो” उनले. भने “त्यसपछि अदालत परिसरमा अहिले वकिल र प्रहरीबीच घम्साघम्सी भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार भिड नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !