सूर्योदय लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने
प्रकाशित मिति : 11 November, 2021 2:28 pm
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी २४ करोड ८० लाख ४२ हजार ९२५ रुपैयाँ २० प्रतिशतले हुन आउने ४ करोड ९६ लाख ८ हजार ५८५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।








