२२ मंसिर २०७९, बिहिबार

नेप्से ६० अंकले घट्यो

प्रकाशित मिति :  11 November, 2021 4:35 pm


काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से ५९.५७ अंकले घटेर २६९० अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक १०.६३ अंकले घटेर ५०२.१९ अंकमा पुगेको छ ।

आज नेप्सेमा १३ ओटै उपसमुहहरु घटेकोे छ ।

नेप्सेका अनुसार आज कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको कारोबार ४७ करोड ४९ लाख ३४ हजार ५ सय २१ रुपैँयाको कारोबार भएको छ ।

आज मानुषी लघुवित्त वितिय संस्था र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । मानुषी लघुवित्तको १० प्रतिशत र तेह्रथुम पावर कम्पनीको ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज नेप्सेमा आईसिएफसी र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

आज कुल २२५ ओटा कम्पनीकोे ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० रुपैँयाको कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !