२२ मंसिर २०७९, बिहिबार

प्रभु बैंकको सेयर कारोबार फुकुवा

प्रकाशित मिति :  12 November, 2021 1:37 pm


काठमाण्डौ । प्रभु बैंक लिमिटेड सेयर कारोबार फुकुवा भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु बैंकको सेयर कारोबार फुकुवा गरेको हो।

हिजो बिहीबार नेप्सेले कारोबार समयमा प्रभु बैंक सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको भन्दै प्रभु बैंकको सेयर कारोबार रोक्का राखेको थियो। सेयर कारोबार रोक्का गरेर कारण खुलाउँदै भन्दै स्पष्टीकरण पनि सोधेको थियो।

प्रभु बैंकले हिजै पत्र पठाउँदै आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बोलाएर लाभांश वितरणसम्बन्धी निर्णय नगरिने प्रतिबद्धता जनाएपछि नेप्सेले सेयर कारोबार फुकुवा गरिदिएको छ ।



प्रतिक्रिया दिनुहोस !