२२ मंसिर २०७९, बिहिबार

एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

प्रकाशित मिति :  12 November, 2021 2:30 pm


काठमाडौं । नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन् ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ ।

एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !