२० मंसिर २०७९, मंगलबार
कांग्रेसको १४ औं महाधिवेशन

नेता पुन लुम्बिनी प्रदेशको सभापतिका उमेद्वार

प्रकाशित मिति :  13 November, 2021 1:28 pm


काठमाडौं । नेपाली कांग्रेस रोल्पाका वर्तमान सभापति एवं पूर्वमन्त्री अमरसिंह पुनले लुम्बिनी प्रदेशको सभापतिमा उमेद्वारी दिने घोषणा गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत हुन लागेको लुम्बिनी प्रदेशको अधिवेशनमा पुनले सभापतिमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

पुनले लुम्बिनी सञ्चारसँग भने,“मैले उमेद्वारी दिने घोषणा गरेको छु, प्रदेश अधिवेशनमा लुम्बिनी प्रदेश सभापतिमा मेरो उमेद्वारी तय भएको छ ।” पुन कोइराला परिवार र रामचन्द्र पौडेल पक्षका हुन् ।

साविक राप्ती र लुम्बिनी प्रदेशमा कोइराला परिवारको विरासत धान्ने चुनौती पौडेललाई छ । सुशील कोईराला सभापति हुँदासम्म साविकको राप्ती र लुम्बिनी क्षेत्रमा कोइराला परिवारको प्रभावको प्रभाव थियो ।

देउवा पक्षका प्रदेश सभापतिका आकांक्षीले भने अझै उमेद्वारी घोषणा गरिसकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !