चितवनमा १ सय ८४ किलो चरेससहित तीनजना पक्राउ
प्रकाशित मिति : 13 November, 2021 3:10 pm
चितवन । चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो ।
पन्तको घरलाई वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए । गोदमबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो ।
उक्त घटनामा सम्लग्न अन्यको खोजी भइरहेको जनाइएको छ । रासस








