२० मंसिर २०७९, मंगलबार

सर्वोच्च अदालतको तनाव यथावत, अझै देखिएन निकासको सम्भावना

प्रकाशित मिति :  14 November, 2021 11:46 am


काठमाडौं । सर्वोच्च अदालतको तनाव बढ्दै गएको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने माग गर्दै वकिलहरूले सर्वोच्च अदालतमा धर्ना दिँदै आएका बेला राणाको पक्षमा युवाहरूको समूहले प्रर्दशन गरेको   छ ।

सर्वोच्च अदालतको मुख्य गेटको भित्रबाट वकिलहरूले धर्ना दिइरहेका बेला मोटरसाइकलमा आएको युवाहरूको समूहले प्रधानन्यायाधीसको पक्षमा नाराबाजी गर्दै गेटभित्र प्रवेश गर्ने प्रयास गरेको थियो ।

प्रधानन्यायाधीस राणाले सरकार विस्तारमा भाग खोजेको आरोप लागेपछि सुरु भएको विवादका कारण सर्वोच्च अदालतको काम समेत ठप्प भएको छ । न्यायाधीसहरू समेत इजलासमा बसेका छैनन् ।

प्रधानन्यायाधीस राणाले पेशी तोकेपछि इजलास चल्न सकेको छैन । वकिलहरूले मुख्य गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीस एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गर्दै आएका छन् ।

न्यायपालिकाको विकृति,विसंगति,विचौलिया, भ्रष्टाचार नियन्त्रण गरि सुधारका लागि प्रधानन्यायाधीस राणा बाधक देखिएको भन्दै नेपाल बार एसोसियसनले कात्तिक १४ गतेदेखि विरोध कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

तनाव बढ्दै गएपछि बारले कात्तिक २६ गतेदेखि सर्वोच्च अदालतका कुनैपनि वेञ्चमा कुनैपनि मुद्दामा वहस पैरवी नगर्ने, वहिष्कार गर्ने घोषणा गरेको थियो । बारले सर्वोच्चको गेटमा धर्ना दिन थालेपछि थप विवाद बढ्दै गएको छ ।

बार र बेञ्चको विवाद चर्किदै गएपनि समस्या समाधानको सम्भावना अझै देखिएको छैन । समस्या समाधानका लागि बारले राजीनामा माग गरेपनि प्रधानन्यायाधीस राणाले अस्वीकार गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !