२० मंसिर २०७९, मंगलबार

एमाले महाधिवेनका लागि प्रतिनिधि छनोट कार्य ८५ प्रतिशत सकियो (सूची)

प्रकाशित मिति :  14 November, 2021 5:39 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी मंसिर १०–१२ गते चितवनमा आयोजना हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको ८५ प्रतिशत काम सम्पन्न गरेको छ ।

सनिबार प्रतिनिधि छनोट सम्पन्न भएका जिल्लाहरुको नाम आइतबार सार्वजनिक गरिएको छ । केन्द्रीय प्रचार विभागले प्रेस विज्ञप्ति जारी गर्दै उपलब्ध जिल्लाहरुको नाम सार्वजनिक गर्दै थप विवरणहरु प्राप्त भइरहेको जनाएको छ ।

“देशका अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । पार्टीले निर्धारण गरेको मापदण्ड अनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ ।”

प्रतिनिधि चयन भएका जिल्लाहरुः

  • प्रदेश नम्बर १: पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।
  • बागमती प्रदेशः दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।
  • उपत्यका विशेष कमिटीः पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
  • गण्डकी प्रदेशः गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।
  • लुम्बिनी प्रदेशः गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।
  • कर्णाली प्रदेशः हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
  • सुदूरपश्चिम प्रदेशः दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न । कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी ।
  • केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्र्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरु र प्रवास समन्वय कमिटीहरुबाट पनि प्रतिनिधि चयन भइसकेका छन् । पार्टीका केन्द्रीय विभागहरु र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !