१९ मंसिर २०७९, सोमबार

घुस रकमसहित २ वडा सदस्य पक्राउ

प्रकाशित मिति :  15 November, 2021 4:51 pm


काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिका वडा नं. ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । ढलान सम्बन्धी काम सकेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत लिएको रकम सहित साह र राय पक्राउ परेको अख्तियारले जनाएको छ ।

साह र रायलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा लालबन्दी नगरपालिका वडा नं. ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !