१५ फाल्गुन २०८२, शुक्रबार

शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगति : शिक्षामन्त्री

प्रकाशित मिति :  15 November, 2021 5:19 pm


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताए

फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताए ।

“शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ”, मन्त्री पौंडेलले भने, “क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।” युनेस्कोको ४१ औँ महासभामा भाग लिन गत साता त्यहाँ गएका मन्त्री पौडेल यही साता स्वदेश फर्कँदै छन् ।रासस



प्रतिक्रिया दिनुहोस !