१५ पुस २०८२, मंगलबार

अर्घाखाँचीको धान खोलाबाट नेकपाका १२ जना पक्राउ

प्रकाशित मिति :  16 November, 2021 2:33 pm


बन्दका कारण सुनसान बनेको अर्घाखाँची सदरमुकाम सन्धिखर्क । फोटो:अनिल नेपाली

अर्घाखाँची । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउदै हिँडेको नेकपाका १२ जना नेता कार्यकर्ता अर्घाखाँचीमा पक्राउ परेका छन् ।

अघांखाँचीको शितगंगा नगरपालिका – ११ धानखोलाबाट १२ जना नेता कार्यकर्ता पक्राउ परेका हुन् । उनीहरूलाई भालुवाङ ईलाका प्रहरी कार्यलयलमा राखिएको छ ।

पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरि सेल सेक्रेटरी कर्ण बहादुर राना होम बहादुर केसी, सन्तोष काउछा, देवेन्द्र पुन नारायण बहादुर मोहोरा मकर सुनार संखर घर्ती पूर्ण बहादुर राना सन्तराज खत्री पुण बहादुर मोहोरा लगायत रहेको जिल्ला सेक्रेटरी खेम घर्ती मगरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !