१२ श्रावण २०८१, शनिबार

शहीद स्मारक बी डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि

प्रकाशित मिति :  19 February, 2020 7:06 pm


काठमाडौं, ७ फागुन। शहीद स्मारक बी डिभिजन लिग फुटबल फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ ।

यही फागुन ११ गतेदेखि शुरु हुने प्रतियोगितामा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच उद्घाटन खेल हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने र प्रतियोगिता चैत २३ गते सम्पन्न हुनेछ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा एक टोली ए डिभिजनमा बढुवा हुनेछ भने एक टोली सी डिभिजनमा घटुवा हुनेछ । लिगमा श्रीकुमारी, ब्वाइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसियशन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !