५ जेष्ठ २०८१, शनिबार

६९ अंकले बढ्यो नेप्से, कारोबारमा महालक्ष्मी विकास बैंक अगाडी

प्रकाशित मिति :  16 November, 2021 6:43 pm


काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ ।

नेप्सेमा सुधार भए पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता सेयर रु पाँच अर्ब ५२ १६ करोड ५० लाख ८५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको सेयर नै उकालो लागेको छ ।

बैंकिङ ३४.३९, व्यापार ६३.४२, होटल तथा पर्यटन ७०.६, विकास बैंक १११.२४, जलविद्युत् १६४.२, वित्त ८२.३८, निर्जीवन बीमा १८८.२४, उत्पादन १२८.१५, अन्य १११.७६, लघुवित्त ८९.५५, जीवन बीमा २७०.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.५९ अङ्कले बढेको छ ।

कारोबारमा महालक्ष्मी विकास बैंक अगाडी

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३७ करोड २६ लाख ८८ हजार ४९८ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु ३० करोड ४२ लाख १९ हजार ७९९, अपि पावर कम्पनी रु २३ करोड ३६ हजार ७३ हजार ४३५, लुम्बिनी विकास बैंक रु १८ करोड २४ लाख ८३ हजार र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रु १६ करोड ४३ लाख ३९ हजार २४९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

मङ्गलबारको कारोबार पछि बजार पूँजीकरण रु ३९ खर्ब १६ अर्ब ४४ करोड ७८ लाख ४८ हजार ३८३ बराबर पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !