बर्दियामा ९१ हजार रुपैयाँभन्दा बढी रकमसहित ६ जना जुवाडे पक्राउ
प्रकाशित मिति : 17 November, 2021 4:14 pm
बर्दिया । बर्दियामा ९१ हजार रुपैयाँभन्दा बढी रकमसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
मधुवन नगरपालिका वडा नं. ६ बुद्धनगर टोलस्थित झक्कु सुनारको घरमा जुवातास खेलिरहेका बेला इलाका प्रहरी कार्यालय ढोढरीले ९१ हजार ९ सय ५५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका-८ का इश्वरराज विक,केशवराज अधिकारी,तिर्थ बिक, मधुवन नगरपालिका-६ का लाल बहादुर बिष्ट, घर धनी झक्कु सुनार र वलबीर सुनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।








