पछिल्लो २४ घण्टामा थप ४१२ जना कोरोना संक्रमित थपिए भने २०२ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमित थपिएका छन् । १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार २५८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ भने ७ लाख ९८ हजार ९१६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २०२ जना निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ जना रहेका छन् । जसमध्ये ७ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।








