२५ मंसिर २०८२, बिहिबार

रोल्पामा तिर्थालु चढेको बस दुर्घटना, ४ जनाको मृत्यु

प्रकाशित मिति :  18 November, 2021 7:43 pm


फोटो : बुद्धीमान ओलीको फेसबुकबाट

उमा केसी 

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा  ४ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

घोराहीबाट थबाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बसरको बस माडी गाउँपालिका वडा -४ तर्केबाङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

बस शहीद मार्गबाट २ सय मिटर तल खसेको छ ।  मृतकको पहिचान भइनसकेको डिएसपी सुवेदीको भनाई छ । जलजलामा पुजा गर्न बस रिजर्भ गरेर आएका यात्रु दुर्घटनामा परेको जानकारी आएको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !