६ पुस २०८२, आइतबार

शुक्रबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्यो

प्रकाशित मिति :  19 November, 2021 12:53 pm


काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य घटेको छ । शुक्रबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० र तेजाबी सुनको मूल्य रु ९३ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बिहीबार छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सूनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !