२५ मंसिर २०८२, बिहिबार

रोल्पा बस दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्यो

प्रकाशित मिति :  19 November, 2021 1:26 pm


फोटो : बुद्धीमान ओलीको फेसबुकबाट

उमा केसी

रोल्पा । रोल्पामा भएको बस दुर्घटनामा परेर मृत्यु हुने सबैको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बस दुर्घटनामा मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ का बस चालक ४० वर्षीय वीरमान बुढा, परिवर्तन–६ का ५० वर्षीय कुमार पुन, परिवर्तन–१ का २९ वर्षीय दीपक रोका र त्रिवेणी गाउँपालिका–४ की १८ वर्षीया पुष्पा घर्ती मगर रहेका छन् ।

दाङको घोराहीबाट थवाङ आउदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाँउपालिका वडा नम्बर-४ तार्केबाङ सहिद मार्गमा हिजो बेलुकी बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

गतहप्ता मात्रै माडी गाउपालिका घर्तीगाउँको बजार नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !