बर्दियामा लागू औषधसहित २ जना पक्राउ
प्रकाशित मिति : 23 November, 2021 4:50 pm
बर्दिया । बर्दियामा लागू औषधसहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले लागू औषधको कारबारको आरोपमा २ जनालाई पक्राउ गरेको हो ।
मधुबन नगरपालिका वडा नं.५ चोक नं. ८ स्थित भे.६ प ९३४८ नम्बरको मोटसाईकलमा सवार जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. ५ का नकेन्द्र मगर र टंकर गुरुङ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उनीहरूको साथबाट ३ ग्राम ३९० मिलिग्राम लागू औषध (ब्राउन सुगर) बरामद गरिएको प्रहरीले जनाएको छ ।








