७ पुस २०८२, सोमबार

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज बन्जाडेको सवारी दुर्घटनामा परी निधन

प्रकाशित मिति :  24 November, 2021 9:22 am


बुटवल । नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को मोटरसाईकल दुर्घटनामा परी मृत्युभएको छ । मोटरसाईकमा सवार उनको बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै  गरेको ना ७ ख ९०६ नम्बरको बसले उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटनामा मोटरसाईकल चालक पाल्पा रामपुरका जीतबहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते भएका बन्जाडेलाई बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यृ भएको अस्पतालले जनाएको छ । बन्जाडे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !