१७ बैशाख २०८१, सोमबार

आज सुन ९१ हजार ८ सयमा कारोबार हुँदै

प्रकाशित मिति :  24 November, 2021 11:13 am


काठमाडाैं । आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार ८ सयमा कारोबार हुदैछ । मंगलबार ९२ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार प्रतितोला ५ सयले घटेर तोलाको ९१ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १२२५मा कारोबार भएको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !