दाङको सामुदायिक वन उपभोक्ता समुहका पूर्व अध्यक्षसहित तीन जना विरुद्ध भ्रष्टचारको मुद्दा
प्रकाशित मिति : 25 November, 2021 2:40 pm
काठमाडौं । मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुल बहादुर खत्रीसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
उनीहरू विरुद्ध ४ लाख ५६ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरापमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष खत्री,सचिव शोभा भनिने शवी कुमार खड्का र कोषाध्क्ष टोपेन्द्र थापा विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीहरूले आ.व. २०६८/०६९ देखी आ.व.२०७०/०७१ सम्मको लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित घुम्ती कोष लगानी विवरणमा ३ लाख ७२ हजार रुपैयाँ लिएरदिएको भनी भरपाईसमेत नभएको झुट्टा विवरण बनाएको आरोप छ ।
त्यस्तै बन हेरालुलाई तलब ८४ हजार रुपैयाँ दिएको विवरण व्यय शीर्षकमा राखी झुट्टा विवरण बनाई आपसी उपभोक्ता समूहको रकम भ्रष्टाचार गरेको आरोप लागेको छ ।








