२० मंसिर २०७८, सोमबार

झिनो अंकले घट्यो नेप्से, मौदिक नीतिको समिक्षाको पर्खाइमा लगानीकर्ता

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १५:२९


काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ अंकमा पुगेको छ । नेप्से ०.१२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने ०.४५ अंकले बढेर ५१५.६४ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

कारोबारको आधारमा आज पनि नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड ५७ लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.२७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९३ प्रतिशतले घटेरको छ ।

कूल २३३ वटा कम्पनीको ७४ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेको छ । मौद्रिक नीतिको समिक्षामा के होला भन्ने लगानीकर्ताहरूमा धेरै चासो रहेको छ ।



प्रतिक्रिया दिनुहोस !