२० मंसिर २०७८, सोमबार

सकेसम्म सहमतिमा नै नेतृत्व चयन : नेता थापा

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १७:३४


फाईल फोटो

चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा‘बादल’ले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेकी नेता थापाले चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताए । उनले भने , “१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।”

नेता थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताए । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उनले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिए । उनले भने, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”



प्रतिक्रिया दिनुहोस !