१२ बैशाख २०८१, बुधबार

रोल्पामा मोबाइल नेटवर्क समस्याबारे सभापति घर्तीद्वारा छलफल,सेवा सुधार्न आग्रह

प्रकाशित मिति :  2 December, 2021 4:23 pm


काठमाडौं । रोल्पामा टेलिफोनको गुणस्तरीयतामा पटक पटक प्रश्न उठेपछि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले नेपाल टेलिकम वायरलेस निर्देशनालयका प्रमुख मिनु प्रधानसंग छलफल गरेकी छन् ।

गृह जिल्ला रोल्पाबाट फर्किलगत्तै घर्तीले टेलिकमको सेवाबारे छलफल गरेकी हुन् । घर्तीले भनिन्, “जिल्ला गएका बेला मोबाइल फोन सेवामा समस्याबारे धेरै गुनासो आयोग त्यसैले छलफल गरेको हुँ ।”

रोल्पामा टेलिकमको गुणस्तरीयताबारे पटकपटक गुनासो आउने गरेको भन्दै सेवालाई प्रभावकारी बनाउन प्रमुख प्रधानलाई निर्देशन दिएको सभापति घर्तीले जानकारी दिइन् ।


 

रोल्पामा जताततै टेलिकमका टावर तर नेटवर्कको सधै समस्या


प्रधानले रोल्पामा अहिले थप सातवटा टेलिफोनका टावरहरू निर्माण भइ रहेको जानकारी गराउँदै यसले सेवा प्रभावकारी बन्ने विश्वास दिलाए ।

नुवागाउँ,गंगादेव,जौली पोखरी,पाङ, सुकिदह, गैरिगाउँ,इरिवाङ, दुई खोलीमा टावर बनिरहेकाले निर्माण पुरा भएपछि गुणस्तरीय सेवा उपलब्ध गराउन थप सहयोग पुग्ने प्रधानको विश्वास थियो ।



प्रतिक्रिया दिनुहोस !