११ बैशाख २०८१, मंगलबार

बागमती प्रदेशमा अन्न बालीको उत्पादन घट्यो, पशुजन्य उत्पादन बढ्यो

प्रकाशित मिति :  3 December, 2021 6:14 pm


काठमाडौं । बागमती प्रदेशका १३ ओटा जिल्लामा २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार अन्न बालीको उत्पादन ०.७ प्रतिशतले घटेको छ ।

बागमती प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्यननका अनुसार खाद्य तथा बालीले ढाकेको भू क्षेत्र ०.२ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । तर गत वर्ष खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल २.१ प्रतिशतले बढेको थियो ।

प्रमुख उत्पादन बाली मध्ये समीक्षा वर्षमा मकै उत्पादन २.० प्रतिशत, धान उत्पादन ०.१ प्रतिशत, भने कोदोको उत्पादन १.४ प्रतिशतले घटेको छ ।

अन्नको उत्पादन घटेपनि तरकारी, पशुजन्य उत्पादन अन्र्तगत दूध, मासु र अण्डाको उत्पादन भने बढेको छ । तरकारी उत्पादन १.९ प्रतिशत, दूध ६.२ प्रतिशत, मासु ७.६ प्रतिशत र अण्डाको उत्पादन १८.१ प्रतिशतले बढेको छ ।

बागमती प्रदेशमा कृषि क्षेत्रमा बैंक तथा वित्तिय संस्थाबाट ४.२ प्रतिशत कर्जा प्रवाह भएको छ ।

प्रदेशगत हिसाबमा कृषि, वन र माछापालनमा बागमती प्रदेशको हिस्सा १६.८  रहेको छ ।



प्रतिक्रिया दिनुहोस !