१५ बैशाख २०८१, शनिबार

एसिया-११ को टिममा सन्दीप लामिछाने

प्रकाशित मिति :  25 February, 2020 5:32 pm


काठमाडौ, १३ फागुन ।

बंगलादेशका संस्थापक शेख मुजीव उर-रहमानको १०० औं जन्मजयन्तीको अवसरमा आयोजना हुने टी-ट्वान्टी सिरिजका लागि एसिया-११ को टिम सार्वजनिक भएको छ ।

मंगलबार बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले विश्व-११ र एसिया-११ काे १४ सदस्यीय टिमको घोषणा गरेको हो । एसिया-११ को टिममा नेपालका सन्दीप लामिछाने पनि परेका छन् । एसिया-११ को टिममा पर्ने सन्दीप पहिलाे नेपाली खेलाडी हुन् ।

सन्दीपसँगै विराट कोहली कप्तान रहेको एसिया-११ को टिममा लोकेश राहुल, ऋषब पन्त, कुलदिप यादव, शिखर धवन, तामिम इकबाल, लिटोन दास, मुस्फिकर रहमान, थिसरा परेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासिथ मालिंगा, मोहमद शामी र मुजिब उर रहमान रहेका छन् ।

यस्तै, फाफ डु प्लेसिसले कप्तानी गर्ने विश्व-११ को टिममा भने क्रिस गेल, जोन्नी बेयरस्टो, एलेक्स हेल्स, निकोलस पुरन, रोस टेलर, केइरन पोलार्ड, आदील राशिद, शेल्डन कट्रेल, लुंगी नेग्दी, एण्ड्रिउ टाइ र मिचेल मेक्लेनेघन रहेका छन् ।खेल मार्च १८ र २१ मा ढाकामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !