१९ मंसिर २०८२, शुक्रबार

गण्डकी प्रदेश छनौंट क्रिकेटमा स्याङ्जा विजयी

प्रकाशित मिति :  24 December, 2021 6:28 pm


पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा स्याङ्जाले रोमाञ्चक जित निकालेको छ । स्याङजाले तनहुँमाथि ३ रनको जित निकालेको हो ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको स्याङजाले निर्धारित ४० ओभर मध्ये ३३.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २३ रन बनायो ।

स्याङजाको तर्फबाट सन्दिप क्षेत्रीले ४० तथा इश्वर क्षेत्रीले २५ रन जोडे । तनहुँका बलरहरु दिनेश बुढामगरले ३ तथा अभिषेक बस्नेतले २ विकेट लिए ।

जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको तनहुँ जितको नजिकै पुगेर पनि सफलता हाँसिल गर्न सकेन ।

तनहुँका खेलाडीहरु ३७.५ ओभरमा १ सय २० रनमा अलआउट हुन पुगे । तनहुँका समिर कँडेलले ३५ रन जोडपनि अन्य ब्याट्स्म्यानहरुले उल्लेख्य रन जोडन सकेनन् । स्याङजाको बलिङतर्पm म्यान अफ द म्याच अशोक श्रेष्ठले ३ विकेट लिए । त्यस्तै इश्वर खनाल, विपिन राज न्यौपाने र सुरज गुरुङ्गले समान १–१ विकेट लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !