५ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीको भगवती स्वास्थ्य चौकी भवन उद्घाटन

प्रकाशित मिति :  27 December, 2021 5:41 pm


अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ को भगवती स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ ।

गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले भवनको उद्घाटन गरेका हुन् । १ करोड ६५ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

भवन उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले भौतिक संरचना निर्माण र गुणस्तरीय सेवा प्रदान गर्न गाउँपालिका लागि परेको बताए । उनले छत्रदेव गाउँपालिका नेपालकै नमुना गाउँपालिका भएको बताउदै निर्माण भएका संरचनाको संरक्षणमा स्थानीय आफै चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा जग्गादाता भुवानन्द पाण्डे, निर्माण व्यवसायी श्रेष्ठ कन्ट्रक्सनका सञ्चालक हरि कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !