१२ श्रावण २०८१, शनिबार

रोल्पामा लगानी सम्मेलन सुरु (फोटो फिचर)

प्रकाशित मिति :  26 February, 2020 6:36 pm


रोल्पा, १४ फागुन । रोल्पामा लगानी सम्मेलन सुरु भएको छ । सदरमुकाम लिवाङमा भोलीसम्म चल्ने सम्मेलनमा रोल्पाका लगानी सम्भाव्यता क्षेत्रबारे बहस र छलफल हुँने छ ।

सम्मेलनमा भाग लिन विभिन्न उद्योगि तथा लगानी कर्ता हरू लिवाङ पुगेका छन् । रोल्पा लगानी सम्मेलन २०७६ को उदघाटन गर्दै, ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले रोल्पामा बिद्युत,कृषि,पर्यटन र खानीका क्षेत्रमा लगानीको ढोका खुल्ने विश्वास व्यक्त गरे । रोल्पा जलविद्युत, कृषि, पशुपालन, खानी तथा खनिज र पर्यटन क्षेत्रका लागि राम्रो सम्भावना भएको जिल्ला भएकाले ती क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई मन्त्री पुनले अपिल गरे ।

विभिन्न अध्यननले रोल्पामा सुनखानी रहेको पुष्टि भइसकेकाले अब त्यसको उत्खनन् गरेर जिल्ला र मुलुककै समृद्धिका लागि लगानी गर्न सकिने बताए । उनले भने, ‘हामीसँग सुन छ तर नुन बाहिरबाट ल्याइरहेका छौं । सुनलाई उत्खनन् गरेर आम्दानीको दर वृद्धि गर्न सक्छौं । अब त्यसतर्फ ध्यान दिँँउ।’

कार्यक्रममा लगानीको प्रतिबद्धतासहित नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं ५ का प्रमुख पासाङ दोर्जी शेर्पा र रोल्पा शाखाका शाखा प्रबन्धक कुश कुमार अधिकारीले अनुदान सहितको महिला उद्यमसिलता कर्जा बितरण गरेका थिए ।
सम्मेलनको समन्वय जिल्ला समन्वय समिति रोल्पाले गरेको छ भने रोल्पा नगरपालिका   आयोजक तथा उद्योग वाणिज्य संघ रोल्पा सह-आयोजक रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !