१९ मंसिर २०८२, शुक्रबार

बोट रेसमा स्विमिङपुल घाट प्रथम

प्रकाशित मिति :  1 January, 2022 4:46 pm


पोखरा । रेवान पोखराले आयोजना गरेको २३ आंंै पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङपुल घाटको ए समुह पहिलो भएको छ ।

बसुन्धरा पार्कदेखि बाराही मन्दिर घुमेर पुन : बसुन्धरा पार्कसम्मै सो दौड प्रतियोगिता भएको थियो ।

विभिन्न ११ समुहले भाग लिएको प्रतियोगितामा २० मिनेट ४५ सेकेण्टमा निश्चित दूरी पार गर्दै स्विमिङपुल ए ले प्रथम स्थान हात पारेको हो । । २० मिनेट ४८ सेकेण्डमा दूरी पार गरेको फेवा घाटले दोश्रो तथा २० मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै बाराही घाटको सी टोलीले तेश्रो स्थान प्राप्त गरे ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएका समुहले क्रमश नगद २०, १० र ५ हजार सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको खेलकुद समिति सदस्य अनिल थापाले जानकारी दिए ।

विजयी टिमलाई रेवान पोखराका पूर्वाध्यक्ष बलराम पहारी, कार्यसमिति सदस्य विप्लव पौडेल, फेवा डुङ्गा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपाली लगायले पुरस्कार वितरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !