५ माघ २०७८, बुधबार

इन्जुरी समयमा टोटेनहमको रोमाञ्चक जीत

प्रकाशित मिति :  १८ पुष २०७८, आईतवार १०:४५


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले वाट्फोर्डविरुद्ध रोमाञ्चक जीत निकालेको छ। शनिबार राति भएको खेलमा टोटेनहमले वाट्फोर्डलाई १-० गोल अन्तरले हराएको हो ।

वाट्फोर्डको मैदानमा टोटेनहमको जीतका लागि खेलको ९६ औँ मिनेटमा सान्चेजले निर्णायक गोल गरेका हुन् । ह्युङमिनको प्रहार गरेको फ्रि किकमा सान्चेले हेडिङ गर्दै टोटेनहममा लागि तीन अंक जोडेका हुन् ।

खेलको सुरुवातदेखि वाट्फोर्डमाथि दवाव बढाएपनि टोटेनहमका प्रयास सफल हुन सकेको थिएन।

जितसँगै टोटेनहम १८ खेलबाट ३३ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ भने पराजित वाट्फोर्ड १३ अंकसहित १७औं स्थानमा छ ।

लिगको अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !