२२ बैशाख २०८१, शनिबार

भगवानकाे वाल अस्पताललाइ वाणिज्य बैंककाे ५० लाख सहयाेग

प्रकाशित मिति :  26 February, 2020 8:25 pm


काठमाडाैं, १४ फागुन । 

भगवान काेइरालले स्थापना गरेकाे वाल अस्पतालकाे भवन निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकले ५० लाख रकम सहयाेग गरेकाे छ । बुधबार सहयाेग अादान प्रदान सम्बन्धि हस्ताक्षर भएकाे हाे ।

एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग हाे ।

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैंयाको चेक किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालालाई हस्तान्तरण गर्नुभयो ।  किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने बताउनुभयो । काठमाडौंको बुढानिलकण्ठमा केन्द्रीय अस्पतालको रुपमा स्थापना हुने यो बाल अस्पताल मुनाफारहित कम्पनीको रुपमा रहेने र देशका सातै प्रदेशमा संचालन हुनेछ ।

बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले राज्यको पंहुच नपुगेको ठाउंमा रा.वा.बैंकले सिएसआर मार्फत सेवा दिइरहेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको बताउनुभयो ।

काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ(किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो ।

बैंकले चालु आ.व. को दोश्रो त्रैयमासमा २ अर्ब २० करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९५ अर्ब रुपैंया, कर्जा १ खर्ब ४७ अर्ब रुपैंया र बेस रेट ६।६० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।



प्रतिक्रिया दिनुहोस !